काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तिहारको बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई केही सीमित शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म २७ वटा शाखा कार्यालयहरु संचालन रहने जनाएको छ ।
बैंकले न्यूरोड पोखरा, भद्रकाली कास्की, बिरौटा कास्की, नेपालगंज बाँके, सुर्खेत, गुलरिया, घोराही, खजुरा, हेटौंडा, बुटवल, नारायणगढ, मणिग्राम, टाँडी, भैरहवा, हाकिमचोक, अत्तरिया, धनगढी, महेन्द्रनगर, बालुवाटार, कुमारीपाटी, कमलविनायक, न्यूरोड, ठिमी, सानेपा, ईमाडोल, असन र विरगंज शाखा संचालन रहने जनाएको छ ।


















