IME Life New

तत्काल गर्नुपर्ने काम नभए फेरि आन्दोलनमा उत्रिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पूँजी बजार सुधार र बिस्तारका कामहरु तत्काल नभएमा फेरि दबाबमुलक आन्दोलनमा उत्रिने चेतावनी शेयर लगानीकर्ता दबाब समूहले दिएको छ ।

पूँजी बजारको सुधार र बिस्तारका लागि सरकार तथा नियमनकारी निकायहरुले तत्काल गर्नुपर्ने कामहरु तत्काल गरी अगाडि बढ्नुपर्नेमा हाम्रो दबाब रहँदै आएको हो । सरकार आफैले तत्काल गर्नुपर्ने भनी सुचिकृत गरेका कामहरु समेत तत्काल गर्ने तत्परता देखाईन भने बेईमानीको नियत भएको बुझ्नुपर्ने हुन्छ । तसर्थ ढिला नगरी तोकिएका कामहरु गर्न जोडदार माग गर्दछौ ।

Esewa
Crest

पूँजी बजारको सुधार, बिस्तार र लगानीकर्ताको सम्पति सुरक्षाको सवालमा यस समूहले प्रस्तुत गरेका मागहरुलाई ब्यवहारमा लागु गराउने सवालमा रिले अनशन हुँदै आमरण अनशनसम्मको दबाब अभियानले नयाँ उचाई प्राप्त गरेकै छ । यसै सन्दर्भमा पूँजी बजार सुधार र बिस्तारका रणनीतिक कामहरुमा ढिलाई भयो भने फेरि नयाँ चरणको दबाबमूलक कार्यक्रम अगाडि बढाउने छौ ।

अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिबेदनमा कतिपय स्वार्थ समूहको हित रक्षा गर्ने खालका कुराहरु समाबेश भएको देखिएकाले ती स्वार्थ बाझिएका कुराहरुलाइ खारेज गरी पूँजी बजार मैत्री कुराहरुलाई तत्काल अगाडि बढाउँन जोडदार माग गर्दछौ ।

पूँजी बजार सुधार र बिस्तारका परिभाषित कामहरु तत्काल नगर्नेहरुलाई सम्माननीय प्रधानमन्त्री केपी ओलीकै तहबाट ठाउँको ठाउँ कारबाही हुनुपर्छ । त्यसो नहुने हो भने सर्बसाधारण लगानीकर्ताहरुले नै अग्रसरता लिनुपर्ने हुन्छ । यसका लागि आम लगानीकर्ताहरुका बीचमा सचेतना, ब्यापक एकता र लक्ष्यमा पुग्ने दृढता भने अति जरुरी हुनजान्छ । पूँजी बजार हाम्रो भएकाले यसलाई राम्रो बनाउने जिम्मेवारी पनि हामी लगानीकर्तामाथि नै छ । सबैको साथ, पूँजी बजारको बिकास भन्ने मान्यताका आधारमा अघि बढ्ने हो भने हामीले भबिष्यमा अझै राम्रो काम गर्नसक्ने छौ ।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट २०७५ पुस ८ गते
हरि ढकाल, संयोजक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS