IME Life New

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम नबुझाई लाइन जोडे संघर्षमा उत्रिने प्राधिकरणका कर्मचारीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले डेडिकेटेड र ट्रक लाइनको बक्यौता महसुल नबुझाई उद्योगको लाइन जोडेमा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

प्राधिकरणका दुई कर्मचारी संगठन कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ।

Esewa
Crest

उक्त महसुल सम्मानित अदालतहरु, संसदिय समिति, महालेखापरीक्षक, विभिन्न समयमा गठित समितिहरु तथा विद्युत नियमन आयोगबाट समेत असुलउपर गर्न भनी निर्देशन भएपश्चात प्राधिकरणले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दासमेत तोकिएको समयावधिभित्र बक्यौता नबुझाउने ग्राहकको लाइन काट्न बाध्य भएको विज्ञप्तिमा अवगत गराइएको छ। ‘लाइन काटिएपश्चात सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगहरुसहित १४ वटा ग्राहकले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधा अनुसार बक्यौता बुझाइ लाइन जोडिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चात पनि आफ्ना ग्राहकलाई सहजीकरण गर्न प्राधिकरण सञ्चालक समितिले विगतको किस्ताबन्दी सुविधामा थप गरी ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ।’

यो अवस्थामा पनि उक्त सुविधाअनुसार बक्यौता बुझाइ लाइन जोड्नुपर्नेमा नेपाल सरकारबाट औद्योगिक ग्राहकबाट महसुल भुक्तानी नभए पनि २४ घन्टाभित्र काटिएका लाईन जोड्न निर्देशन हुनुले आगामी दिनमा आमउपभोक्ताबाट महसुल असुलीमा प्रतिकूल असर परी संस्था धरासायी हुने विज्ञप्तिमा उल्लेख छ। ‘तसर्थ संस्थाको हितका विषयमा आइपर्ने सबै प्रकारका चुनौतीहरुमा हाम्रो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस्ता निर्णयले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुनुका साथै दैनिक कार्य सम्पादनमा समेत प्रतिकूल असर पर्ने हुँदा आमजनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउन प्रचलित ऐन, नियम र विद्युत वितरण विनियमावलीमा रहेका व्यवस्थाहरुअनुरुप बक्यौता महसुल बुझाउन बाँकी रहेका ग्राहकबाट महसुल भुक्तानी भएपश्चात मात्र लाइन जोड्ने व्यवस्था हुन अनुरोध गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS