IME Life New

डीसीईओको विवरण पठाउन बीमकहरुलाई प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उपकार्यकारी प्रमुख (डीसीईओ)हरुको विवरण पठाउन निर्देशन दिएको छ।

बीमा प्राधिकरणले चैत २० गते सबै बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। हाल सञ्चालनमा रहेका केही बीमा कम्पनीहरुमा डीसीईओ पद रिक्त रहेको जानकारी प्राप्त भएको भन्दै बीमा प्राधिकरणले डीसीईओको नामनामेशीसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

Esewa
Crest

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई विवरण उपलब्ध ७ दिनको म्याद दिएको थियो।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा २२ उपदफा (४) बमोजिम उपकार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा (५)बमोजिम बीमकले आफ्नो उत्ताधिकार योजना बनाउनुपर्ने व्यवस्था पनि रहेको छ।

हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, २ वटा पुनर्बीमा, ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS