IME Life New

प्रधानमन्त्री ओली बुधबारसम्ममा डिस्चार्ज हुने, यस्तो छ तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साताको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली सम्भवतः आगामी बुधबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

उपचारमा संलग्न चिकित्सकले डिस्चार्ज गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । देशको सबैभन्दा ठूलो जनशक्ति र अत्याधुनिक सुविधा सम्पन्न त्रिवि शिक्षण अस्पतालमा आफ्नी भान्जीको मृगौला प्रत्यारोपण गराएका प्रम ओलीको स्वास्थ्यमा अपेक्षा गरिएभन्दा चाँडो सुधार आएपछि बुधबार डिस्चार्ज हुन लागेका हुन् ।

Esewa
Crest

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबारसम्म डिस्चार्ज गराइने उपचारमा संलग्न एक चिकित्सक प्रेम ज्ञवालीको भनाई छ । स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले मंगलबार साँझ वा बुधबारसम्ममा डिस्चार्ज गरिने डा. ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीको १२ वर्ष पहिले प्रत्यारोपण गरिएको मृगौलाले गत असोजदेखि काम गर्न छोडेको थियो । केही महिनादेखि नियमित डायलासिस गराउँदै आएका प्रम ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गराएर आएपछि तीव्र गतिमा आर्थिक विकासको काम गर्ने बताउँदै अस्पताल गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS