IME Life New

डिशहोमले सिम टिभी किन्ने, आजैदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: डिश मिडिया नेटवर्क लिमिटेडले सिम्पल मिडिया नेटवर्क प्रा.लि. (सिम टिभी) किन्ने सम्झौता गरेको छ । यस खरिद सम्झौता अन्तर्गत डिशहोमले निकट भविष्यमै सिम टिभीको बहुमत सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आज असार ३१ गते बाट लिने सम्झौता भएको छ ।

नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको विश्वबजारमा प्रचलित लोकप्रिय टेलीभिजन प्रबिधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनता को मनजित्न सफल डिश मिडिया नेटवर्क/डिस होम नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो। गत आर्थिक वर्षबाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसैगरि, सिमटिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

Esewa
Crest

सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने तथा कम्पनीले अझै प्रगती गर्ने बिश्वाश गरेको बताएका छन्।

डिशहोमले नयाँ प्रविधिको प्रयोग संगै आक्रामक बजार विस्तार गर्दै पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने बताएको छ, डिश मिडिया नेटवर्कको यो निर्णय संगै पे-टिभी उद्योगमा सबै भन्दा ठुलो र सफल कम्पनी बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS