काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । मंगलवार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मुल्य १६५ रूपैयाँ थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको जनाएको छ ।


















