IME Life New

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तिनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए ।

ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो ।  दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

Esewa
Crest

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS