IME Life New

टुकुचा माथि टेक्दा सिद्धार्थ र लक्ष्मी बैंकको करोडौंको सम्पत्ति जोखिममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्स उम्कियो, लक्ष्मी बैंक फस्यो

काठमाडौं। नारायणहिटी स्थित जयनेपाल सिनेमा घर परिसरमुनी इच्छुमति नदी(टुकुचा खोला) फेला परेपछि खोला मिचेर बनाइएको दुई ठूला वाणिज्य बैंकको भौतिक संरचनासहित करोडौंको लगानी जोखिममा परेको छ ।

Esewa
Crest

गुगल म्यापको आधारमा टुकुचा खोलाको बहाव हेर्दा हात्तिसारस्थित रोड छेउको लक्ष्मी बैंक र सिद्धार्थ बैंकको कर्पोरेट कार्यालय टुकुचा खोलाको बहाव भएको क्षेत्र मिचेर निर्माण गरिएको छ । अधिकार सम्पन्न बागमति सभ्यता विकास समितिको लागी सन् २०२० सेप्टेम्बरमा तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनमा समावेश गरिएको तस्वीर र नक्साहरुमा लक्ष्मी बैंक, सिद्धार्थ बैंक, एसबिआई क्यापिटल, जनरल इन्स्योरेन्स, गल्फ एयर, सन नेपाल लाईफ इन्स्योरेन्सको प्रधान कार्यालय संचालनमा रहेको भवन समेत खोलामाथिको भूभागमा बनाइएको उल्लेख छ । गुडविल फाइनान्सको केही भूभाग समेत खोला मिचिएको छ । यसअघि ईसेवा नेपालको प्रधान कार्यालय रहेको हात्तिसारस्थित भवन समेत खोलाको जग्गा मिचेर बनाइएको छ ।

टंगालबाट मिचिंदै मिचिंदै नक्साल, नारायणहिटी परिसर हुँदै नारायणहिटी पथसम्म आइपुग्ने टुकुचा खोला जयनेपाल सिनेमा घरदेखि कमलादीसम्म हराएको छ । त्यसपछि अद्वेतमार्गसम्म खोलाको बहाव पक्की भवन र सडकमुनी हराएको छ ।

स्थानीय वडा कार्यालयले लक्ष्मी बैंकको भवन खोला मिचेर निर्माण गरिएको कारण राजश्व समेत लिन नमानेकोमा लक्ष्मी बैंकको संस्थापकले यसअघिको स्थानीय वडा सदस्यलाई प्रभावित पारेर सम्पत्ति कर तिरेर कब्जालाई कानूनीरुप दिने प्रयास गरेका छन् ।

अधिकार प्राप्त बागमति करिडर सुधार आयोजनाको लागी बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि.ले सन् २०२०(२ वर्ष अघि) तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा नारायणहिटी मार्गदेखि तीनधारा मार्गसम्म टुकुचा खोलाको अधिकांश भाग मिचिएको छ । यो खण्डमा आकाशबाट खोलाको बहाव देखिंदैन ।

खोला बहावलाई पक्की भवनमुनीबाट बगाइएकाले खोला लुकेको छ । यसैकारणले नारायणहिटी मार्गदेखि कमलादीसम्मको सडक खण्ड अन्तर्गत पर्ने वडा नम्बर १ र २ को अधिकांश सडक सामान्य वर्षात्मै डुबानमा पर्ने गरेको छ ।

नारायणहिटी मार्गदेखि तीनधारा मार्गसम्म खोलाको चार सय चालीस मिटर लम्बाई सिद्धार्थ बैंक, पुरै ठूला ठूला भवनमुनी दबिएको छ । चण्डोलदेखि कालमोचन घाट बागमती(त्रिपुरेश्वर)सम्म खोलाको लम्बाई पाँच किलोमिटरभन्दा बढी छ । ३ देखि ८ मिटरसम्म चौडाई रहेको छ र खोलाको दायाँ बायाँ चार चार मिटरको खुल्ला क्षेत्रको समेत पालना भएको छैन ।

एभरेष्ट इन्स्योरेन्स उम्कियो, लक्ष्मी बैंक फस्यो
लक्ष्मी बैंकको प्रधान कार्यालय रहेको भवनको मूल्य अनुसार लक्ष्मी बैंकको ४०.३४ प्रतिशत स्वामित्व रहेकोमा एभरेष्ट इन्स्योरेन्सको नाममा रहेको स्वामित्व समेत गत असारमा १५ करोड रूपैयाँमा लक्ष्मी बैंकले खरिद गरेको थियो । यसबाहेक सो भवनमा खेतान समूह अन्तर्गतको हिमालयन स्न्याक्स र बहुर्राष्ट्रिय कम्पनी गोरखा बु्रअरीको प्रधान कार्यालय समेत संचालनमा छ । संयुक्त लगानीमा रहेको उक्त ६ वटा कित्ता ६४७७।०३ वर्ग फिट अर्थात १८ आना ३ पैसा जग्गा छ । योमध्ये एभरेष्ट इन्स्योरेन्सको हिस्सा १४१० वर्ग फिट अर्थात ४ आना रहेको थियो । त्यस्तै अर्को २ कित्तामा रहेको १०६०९।७५ वर्ग फिट मध्ये इन्स्योरेन्सको नाममा २३१०।८० फिट थियो । यस अन्तर्गत ३१ आना मध्ये ६।७४ आना इन्स्योरेन्सको हक भित्र रहेको थियो । यहि जग्गामा निर्माण भएको भवनको दोस्रो तल्लाको अन्दाजी ६९४० वर्ग फिट क्षेत्रफल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS