IME Life New

टाटा मोटर्सको नयाँ शोरूम बनेपामा खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा नयाँ शोरुम खुलेसँगै टाटा मोटर्सले देशभर १९ वटा आउटलेट सञ्चालनमा ल्याएको छ ।

“लक्ष्मी अटो ग्रसपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो सोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकी सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं ।” नयाँ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भनेका छन्, ’हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रोलागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनितीको प्रमुख हिस्सा पनि हो ।’

Crest

त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपाको नयाँ आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरे । उनले भनेका्, ‘बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महशुस गरिरहेका छौं । आज बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घघाटन गरिएको छ । उद्घघाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्ससँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डको पालनासहित पूरा गर्न चाहन्छौं ।’

बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ ।

बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुने कम्पनी विश्वास रहेको छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS