IME Life New

झन्डै ३००%ले बढ्यो सीईडीबी होल्डिङ्सको नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी होल्डिङ्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी २९०.५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

पुससम्म कम्पनीले सेवाशुल्क, ब्याज तथा अन्य आम्दानी गरी कुल २३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७ करोड ९ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी पनि २२४.३३ प्रतिशतले बढेको छ।

शेयर पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष र सञ्चित नाफा ६० करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जगेडा कोष र सञ्चित नाफा ५५ करोड ८ लाख रुपैयाँ थियो। जगेडा कोष र सञ्चित नाफाको आकार ९ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४०.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसिया) ४०.२१ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS