IME Life New

जेष्ठ ५ गते सम्म लकडाउन लम्बाउने मन्त्रिपरिषदको निर्णयसँगै नेप्से माथि प्रश्न नै प्रश्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : वैशाख १५ गते नेपाल स्टक एक्सेञ्जले एउटा सुचना निकाल्यो । मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि वृद्धि गरेसँगै नेप्सेले पनि वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय गर्यो तर त्यो सुचना तब विवादित भयो जब त्यही पत्रको अन्तिममा वैशाख २६ गतेबाट बजार नियमति रुपमा संचालन हुने सक्ने भनी लेखियो । त्यस्तै, नेप्सेले सोही पत्रमा वैशाख २६ गते बजार नियमति रुपमा संचालन हुन सक्ने र सम्बन्धीत सबैलाई तयार अवस्थामा बस्नु भनी जानकारी गरायो । त्यो पत्र अघि बजार बन्द गरेको सूचना निकाल्दा नेप्सेले मिति तोकेर बजार खुल्ने नलेखेकोमा वैशाख १५ गते को पत्रमा भने बजार खुल्न सक्ने जानकारी दिए पछि त्यो कुराले राम्रै चर्चा पायो ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने चर्चा चलेपनि वैशाख २४ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडललाई परिमार्जन नगरेर जेठ ५ गते सम्म लकडाउनको अवधि पुर्याएको छ। मन्त्रिपरिषदको यो निर्णयसँगै नेप्सेलाई आफ्नो निर्णयबाट अब आफैलाई समस्यामा पारेको छ।

Esewa
Crest

लकडाउनको कारण डेढ महिना देखि शेयर बजार बन्द छ र आजको मन्त्रिपरिषदको बैठकले फेरी पनि त्यही लकडाउनको मोडललाई निरन्तरता दिएको छ। यदी नेप्सेले बजार खोलेमा एउटा ठूलो प्रश्नको सामना गर्नुपर्ने छ। लकडाउनका कारण डेढ महिना बजार बन्द गर्ने र त्यही लकडाउनको मोडललाई सरकारले निरन्तरता दिँदा बजार कसरी खोल्ने भन्ने प्रश्न आउँन सक्छ।

त्यस्तै नेपालको शेयर बजार पूर्ण स्वचालित् हुन नसकेको कारणले गर्दा लकडाउनमा शेयर कारोवार हुन सकेको छैन । पूर्ण स्वचालित भएकै कारण विदेशका शेयर बजार खुलेका छन् । नेप्सेले अनलाइन प्रणाली समय सापेक्ष विकास गर्न नसक्दा आज लगानीकर्ताहरु भारतको शेयर बजार हेरेर बसेका छन् ।

लकडाउन भएको करिव डेढ महिना भयो । पूर्ण स्वचालित अनलाईन प्रणाली नहुँदा शेयर कारोवार हुन् सकेन । नेप्सेले पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली बनाउन डेढ महिनाको समयमा के कस्तो काम गर्यो भन्ने प्रश्न लगानीकर्ता बीच आउँन थालेको छ।

वैशाख १५ गते लेखिएको पत्र हतारमा लेखिएको जस्तो अनुभूति हुन्छ । बजार खोल्ने पत्रले नेप्सेमाथि प्रश्न नै प्रश्न थुपारेको छ । पूर्ण स्वचालित अनलाईन हुन नसक्दा लकडाउनमा शेयर कारोवार हुन नसकेर आलोचित भएको नेप्से, सरकारले लकडाउन लगाईरहेको बेला नै बजार खोल्ने पत्रले झन् धेरै आलोचनाको पात्र बनाएको छ ।

नेप्सेले वैशाख १५ गतेको पत्र :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS