IME Life New

जेफ बेजोसले जीवनभर जति कमाए, एलन मस्कले एकै वर्षमा त्योभन्दा बढी जोडे

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति रकेटको गतिमा बढ्दै गएको छ। मंगलबार मस्कको कुल सम्पत्ति १२ अर्ब डलरले बढेर ४८६ अर्ब डलर पुगेको छ। यस वर्ष उनको कुल सम्पत्ति २५७ अर्ब डलरले बढेको छ।

यो विश्वका दोस्रो धनी व्यक्ति जेफ बेजोसको कुल सम्पत्तिभन्दा बढी हो। बेजोसको कुल सम्पत्ति २५० अर्ब डलर छ। यसको मतलब मस्कले यो वर्ष जेफ बेजोसको कुल सञ्चित पुँजीभन्दा धेरै कमाएको छ।

Crest

मस्कले टेस्ला, स्पेसएक्स र एक्सजस्ता धेरै कम्पनी चलाउँदै आएका छन्। विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लामा उनको २३ प्रतिशत शेयर छ।

टेस्लाको शेयरभाउ पछिल्ला दिनहरुमा उल्लेखनीय रुपमा बढेको छ। मंगलबार टेस्लाको शेयरभाउ ३.६४ प्रतिशतले बढेको छ। योसँग कम्पनीको बजार पुँजीकरण १.५४ ट्रिलियन डलर पुगेको छ। टेस्ला विश्वको आठौँ सबैभन्दा मूल्यवान कम्पनी हो।

मस्क संसारको पहिलो ट्रिलियनियर बन्न सक्ने प्रबल सम्भावना बढ्दै गएको छ। इन्फोरमा कनेक्ट एकेडेमीले गरेको एक अध्ययन अनुसार मस्कको कुल सम्पत्ति वार्षिक औसत ११० प्रतिशतको गतिमा बढिरहेको छ। यस अनुसार सन् २०२७ सम्ममा उनको कुल सम्पत्ति चारगुणाभन्दा बढी हुनेछ।

बेजोसको कुल सम्पत्ति मंगलबार १.५७ अर्ब डलरले घटेको छ। उनी यस सूचीमा २५० अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ७२.९ अर्ब डलरले बढेको छ। धनाढ्यको सूचीमा मार्क जुकरबर्ग (२१९ अर्ब डलर) तेस्रो, ल्यारी एलिसन (१९३ अर्ब डलर) चौथो, बर्नार्ड अर्नोल्ट (१७९ अर्ब डलर) पाँचौँ, ल्यारी पेज (१७४ अर्ब डलर) छैटौँ, बिल गेट्स (१६५ अर्ब डलर) सातौँ, सर्गे ब्रिन (१६४ अर्ब डलर) आठौँ, स्टिभ बाल्मर (१५७ अर्ब डलर) नवौँ स्थानमा र वारेन बफेट (१४३ अर्ब डलर) दसौँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS