IME Life New

जीवन बीमा व्यवसायमा बढ्दो बीमालेख समर्पण प्रति सार्वजनिक लेखा समितिको चासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणसँग बीमा व्यवसाय सम्बन्धी आवधिक विवरण माग गरेको छ। समितिले बीमालेख समर्पण प्रति चासो राख्दै समर्पण गरिएका बीमालेखको प्रकार र समर्पण भएको बीमा‌ंकबारे समेत चासो राखेको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको मिलेमतोमा बीमा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशनको अनुमति दिइएको भन्दै कारवाहीको माग सहित लेखा समितिमा उजुरी परेपछि समितिले प्रतिनिधि सभा सदस्य समेत रहेका लेखा समिति सदस्य हरि प्रसाद ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले प्रिमियम मूल्यमा आइपिओ निष्काशन सम्बन्धमा चासो राख्दै बोर्ड र प्राधिकरण नेतृत्वसँग लिखित जवाफ माग गरि सकेको छ।

Esewa
Crest

लेखा समितिले प्राधिकरणसँग विगत पाँच वर्षको अवधिमा बिक्री भएको बीमालेखको संख्या र प्रकार, प्रत्येक पोर्टफोलियोको बीमांक रकम, जारी भएकामध्ये समर्पण गरिएको बीमालेख स‌ंख्या, प्रत्येक बीमकले गरेको समर्पण मूल्य भुक्तानीको विवरण मागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS