IME Life New

जीवन बीमा प्रस्ताव फारममा पुरानो बीमालेखको विवरण किन आवश्यक छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  सामान्यतया, जोखिमको मात्रा (बीमाङ्क रकम) र बीमा स्वीकार गरिने वा हुँदैन भन्ने निर्णय अण्डरराइटर अर्थात् बीमाको जोखिम मूल्याङ्कन गर्ने अधिकार प्राप्त व्यकितले प्रस्तावक वा संभावित बीमितको उमेर, स्वास्थ्य जोखिम, वार्षिक आम्दानी, पारिवारिक इतिहास र अन्य जानकारीका आधारमा मूल्याङ्कन गरेर निर्धारण गर्छ।

कुनै पनि व्यक्तिको वार्षिक खर्चको १० देखि १५ गुणासम्मको रकमलाई आधार मानेर बीमाङ्क रकम निर्धारण गर्ने प्रचलन छ। यसबाहेक प्रस्तावकको मासिक आम्दानीको ४८ गुणा रकमलाई पनि बीमाङ्क रकम निर्धारणको आधार मान्छन् । यसमा ठ्याक्कै यही गर्ने भन्ने नभएपनि बीमितको आय श्रोत र स‌ंभावित भावी वित्तीय दायीत्वको आंकलनको आधारमा बीमाङ्क रकम निर्धारण गरिन्छ।

Esewa
Crest

जीवन बीमालेख जारी गर्नुपूर्व अण्डरराइटरले प्रस्ताव फारममा उल्लेखित पुरानो बीमालेख सम्बन्धी विवरणहरुलाई विशेष महत्वका साथ विश्लेषण गरेको हुन्छः

यसअघिको बीमालेखको अवस्था के छ ?

कुनै प्रस्तावकले पहिले पनि  जीवन बीमा गरि सकेको छ र पुनः बीमा गर्नका लागि प्रस्ताव पेश गरेको छ भने उसले खरिद गरेको पहिलेका बीमालेखहरु कुन प्रकारका हुन्, बीमाङ्क रकम कति हो ? कति वर्ष अघि जारी गरिएको थियो ? कुन बीमा कम्पनीबाट जारी गरिएको थियो ? त्यो बीमालेख चालू छ वा व्यतित वा परिपक्व भई सकेको अवस्था छ?

अघिल्लो बीमालेखको जानकारी किन महत्त्वपूर्ण छ ?

प्रस्तावकले नयाँ बीमालेखका लागि प्रस्ताव गर्दा उसको नाममा पहिले नै अन्य जीवन बीमालेख जारी गरिएको छ भने बीमकले आफू कहाँबाट उक्त बीमितको नाममा जारी गरिएको सबै बीमालेखको बीमाङ्क र हाल प्रस्ताव गरिएको नयाँ बीमालेखको बीमाङ्कको योगफलबाट बीमितको नाममा हुने कुल बीमाङ्क रकम गणना गर्छ। केही बीमकले प्रति बीमित एउटै बीमालेख वा विभिन्न बीमालेखको कूल बीमाङ्क योगफलको अधिकत्तम सीमा निर्धारण गरेको हुन्छ। यस्तो निर्धारित सीमाभन्दा अधिक रकमको बीमा बीमकले गर्न अस्वीकृत गर्नसक्छ। यसैगरी नेपालमा जीवन बीमकको कर्मचारी वा सञ्चालकले आफू आबद्ध बीमा कम्पनीमा बढीमा २० लाख रुपैयाँ बीमाङ्कसम्मको मात्र जीवन बीमा गर्न सक्ने प्रावधान छ।

यसबाहेक बीमितको नाममा यसअघि जारी गरिएको जीवन बीमालेख व्यतित भई सकेको रहेछ भने पहिलेको बीमालेखको अण्डरराइटिङमा केही समस्या रहेको वा बीमितबाट अघिल्लो बीमालेखको बीमाशुल्क नियमितरुपमा भुक्तानी गर्न असमर्थ हुनुको कारणबारे अण्डरराइटरले चासो राख्दै बीमाको निरन्तरता हुनेमा आशंक भएको अवस्थामा प्रस्ताव अस्वीकृत गरिदिन सक्छ ।

जीवन बीमा प्रस्ताव फारममा बीमित र प्रस्तावकको नागरिकता, जन्मदर्ताको प्रतिलिपिसहित प्रस्ताव फारममा सोधिएको विवरणहरु भर्नुपर्छ । तर धेरै बीमा कम्पनीका अभिकर्ताले यस्ता विवरण नै नभरी प्रस्ताव फारम स्वीकृतिका लागि सिफारिश गरेका हुन्छन् । यसरी प्रस्ताव फारममा बीमितको पूर्ण पहिचान खुलाइएको छैन वा पुराना बीमालेखको बारेमा केही उल्लेख गरिएको छैन भने बीमकले उपयुक्त बीमाङ्क निर्धारण गर्न सक्दैन।

प्रस्ताव पत्रमा पुराना बीमालेख जानकारी दिने ठाउँ भए पनि विवरण भरिएको हुँदैन । कतिपय अवस्थामा जन्म प्रमाणपत्र वा नागरिकताको साटो हस्तलिखित चिनाका आधारमा बीमित वा प्रस्तावकको उमेर अनुमान गर्न बीमकलाई बाध्य बनाइएको हुन्छ। यस्तो अवस्थामा, पछि दाबी भुक्तानीको समयमा दुबै पक्षबीच किचलो हुन सक्ने संभावना बाँकी रहन्छ।

जानकारी नहुँदा के समस्या आइपर्न सक्छ ?

अघिल्लो बीमालेखको जानकारी नलिई सही बीमाङ्क निर्धारण गरेर बीमालेख जारी गर्न संभव हुँदैन। यस बाहेक, पुरानो बीमालेखसँग नयाँ बीमालेख प्रस्तावको विवरण परिक्षण गर्न नसक्दा बीमाको सही रकम एकमुष्ठरुपमा गणना गरेर स्वधारण क्षमताभन्दा बढी बीमाङ्कको जोखिम पुनर्बीमकमा हस्तान्तरण गर्नुपर्नेमा जोखिम पुनर्बीमा कम्पनीलाई पठाउन सकिँदैन। मृत्यु दाबीको अवस्थामा जीवन बीमा गर्ने कम्पनीले नै पुरा जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना हुनजान्छ।

समस्या समाधानका लागि के गर्नुपर्छ _

बीमालेखको प्रस्ताव फारममा सोधिएका विवरणहरु पूर्णरुपमा भरिनुपर्छ। र सबै विवरणहरु पूर्ण सत्य तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा विवरणहरू उल्लेख गरिएको हुनुहुँदैन । यसका लागि प्रस्तावक, अभिकर्ता मुख्यरुपमा सचेत हुनु जरुरी छ। उनीहरुलाई जनचेतनामूलक कार्यक्रममार्फत् व्यवसायीक तालिममार्फत् सचेत बनाउने काम सरोकारवालाबाट हुनुपर्छ।

बीमकको अण्डरराइटरले पनि जन्मदर्ता प्रमाणपत्र, नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न नगरिएको अवस्थामा बीमालेखको प्रस्ताव स्वीकार गर्नुहुँदैन । बीमित पहिचान सम्बन्धमा भरपर्दो तथ्यांक भण्डारण अर्थात् डाटाबेस तयार गर्नुपर्छ। बीमाको प्रस्ताव स्वीकार गर्ने समयदेखि नै बीमितको टेलिफोन वा मोबाइल नम्बर इमेल आइडी सम्पर्क व्यक्ति इच्छ्याइएको वा हकवालाको नाम,सम्पर्क नम्बर र इमेल, ठेगाना, सम्पर्क ठेगानालगायतका सम्पूर्ण विवरणहरू प्रस्तावकबाट जानकारी लिनुपर्छ । र  जानकारी नदिँदा भविष्यमा आइपर्न सक्ने समस्याबारे सचेत गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS