IME Life New

जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति, अझै सबल र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९ पौष ७ गते देखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाममा कारोबार भए संगै सो कम्पनीको रजिस्टर्ड कार्यालय बिराटनगरमा भएसंगै केन्द्रिय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ। कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् । प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

Esewa
Crest

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ।व। २०७९र८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु।२२ अर्ब , कुल बीमाशुल्क रु।२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु।४२ करोड पुगेको छ।

बीमा क्षेत्रमा सूर्या लाइफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिदै आफुलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।

आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमित लाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनी भएको छ।

मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जर पश्चात सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने कम्पनीले विश्वास गरेको छ ।

सूर्यज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाइफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् ,अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिबद्धता गर्दै उभिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS