IME Life New

जीवन बीमा कम्पनीले बीमालेख कर्जाकाे ब्याजदर वृद्धिकाे सूचना किन लुकाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा उच्च ब्याजदर घोषणा गरेको कारण जनाउँदै बीमालेख ब्याज दरमा वृद्धि गरेका जीवन बीमा कम्पनीमध्ये अधिकांशले ब्याजदर वृद्धि सम्बन्धी सूचना प्रकाशन गरेका छैनन् ।

जीवन बीमा कम्पनीहरुले बीमालेखको धितोमा कर्जा उपलब्ध गराउँदा बीमितसँग वार्षिक १० देखि ११ प्रतिशतसम्म ब्याज लिंदै आएकोमा केही कम्पनीले असोज तेश्रो सातादेखि र केहीले कात्तिक १ गतेदेखि नै लागू हुने गरी कर्जाको ब्याजदर २० प्रतिशत अंकसम्म वृद्धि गरेका छन् । अहिले अधिकांश जीवन बीमा कम्पनीको बीमालेख कर्जाको ब्याजदर १२ प्रतिशत कायम रहेको अनुमान गरिएको छ ।

Esewa
Crest

जीवन बीमालेख कर्जाको ब्याज दर सस्तो हुँदा बीमितले कर्जा लिएर बैंकमा मुद्दती निक्षेप राख्ने प्रवृत्ति बढेको कारण देखाउँदै जीवन बीमा कम्पनीले कर्जाको ब्याजदर बढाएका हुन् । ब्याज दर वृद्धि सम्बन्धी सूचना जीवन बीमकहरुको वेबसाइटमा खोज्दा प्राइम लाईफ इन्स्योरेन्स र ज्योती लाईफ इन्स्योरेन्सको वेबसाइटमा मात्र परिवर्तित ब्याज दर सम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

जीवन बीमा कम्पनीले वार्षिक ब्याज दर घोषणा गरेपनि ब्याज रकम अर्द्ध वार्षिकरुपमै असुल्ने गरेका छन् । बीमितले छ छ महिनामा ब्याज रकम भुक्तानी नगरेको अवस्थामा पहिलो छ महिनाको ब्याजवापतको रकममा समेत जीवन बीमा कम्पनीले साँवा सरह ब्याज असुल उपर गर्छ । वार्षिक ब्याज दर १२ प्रतिशत ब्याज दर भएपनि बीमितले अर्द्धवार्षिकरुपमा ब्याज रकम भुक्तानी नगरेको अवस्थामा ब्याजको भार सहित वास्तविक ब्याजदर १२.३६ प्रतिशत पर्न जान्छ ।

बै‌ंकमा जस्ताे बीमालेख कर्जाकाे साँवा रकम मासिकरुपमा किस्ता किस्तामा तिर्नुपर्दैन । बीमितले आफूलाई सहज हुने गरी जति रकम पनि साँवा भुक्तानी फिर्ता गर्न सक्ने सुविधा हुन्छ । बीमितले बीमा अवधिभित्र जुनसुकै समयमा पनि कर्जावापतकाे रकम फिर्ता गर्न सक्छ र जीवन बीमकले छिटाे कर्जा चुक्ता गरेवापत बीमितबाट कुनै सेवा शुल्क लिन पाउँदैनन् ।

नेपाल लाईफ इन्स्याेरेन्स र एशियन लाईफ इन्स्याेरेन्सका बीमितले बीमालेख कर्जाकाे साँवा र ब्याज रकम इसेवा र खल्ती डिजिटल एप्समार्फत् भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ । यसबाहेक नेशनल लाइफ रिलायन्स लाईफ र सन नेपाल लाईफका बीमितले ईसेवा एप्समार्फत् बीमालेख कर्जाकाे साँवा र ब्याज रकम भुक्तानी गर्न सक्ने सुविधा छ । बीमितले कर्जाकाे ब्याजवापतकाे रकम भुक्तानी गर्दा ब्याज रकम भुक्तानी गर्ने दिनसम्मकाे सबै ब्याज एकमुष्ठ नै भुक्तानी गर्नुपर्छ ।

बैंक कर्जाको ब्याज दर घट्दा जीवन बीमकले पनि घटाउनुपर्ने

बैंकको निक्षेप ब्याज दर बढ्दा बीमालेख कर्जाको ब्याज दर बढाएका जीवन बीमा कम्पनीलाई अब बैंकको ब्याज दर घट्दा बीमालेख कर्जाको ब्याज दर पनि घटाउन नैतिक दबाब पर्नेछ । बीमा समितिले जारी गरेको बीमालेख निर्देशिका २०७८ मा जीवन बीमा कम्पनीले बीमालेखको धितोमा कर्जा उपलब्ध गराउँदा कर्जाको ब्याज दर निर्धारण गर्दा वाणिज्य बैंकको प्रचलित ब्याजदर भन्दा बढी नहुने गरी कायम गर्नुपर्ने प्रावधान छ ।

कर्जाकाे ब्याज दर बीमा समितिबाट स्वीकृत गराउनुपर्ने प्रावधान रहेकाेमा जीवन बीमालेख निर्देशिकाले संचालक समितिबाट नै कर्जाकाे ब्याज दर निर्धारण गर्न सक्ने अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%
happy

खुसी

23%
sad

दु :खी

15%
amazed

अचम्मित

23%
excited

उत्साहित

23%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS