IME Life New

जीवन बीमाको इतिहासमा पहिलो सफल मर्जर, दोस्रो ठुलो बीमा कम्पनी हुँदा सम्पुर्ण सूचकमा अब्बल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै इतिहासमा पहिलो सफल मर्जरको इतिहास बनाएका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ८ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याइएको साविक सूर्यालाइफका सिइओ पवन कुमार खड्काले बताए । मर्जरका क्रममा खड्का सूर्यज्योति लाइफको नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् । मर्जर सँगै सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको खण्ड्काले बताए । उनले भने ‘हामी हरेक सूचकमा अब्बल देखिएका छौ । भोलिका दिनमा यो भन्दा माथि पुग्नेगरी काम गर्यो योजना बनाएका छौ ।’

Esewa
Crest

यो मर्जर कानुनी रुपमा सूर्या लाइफले ज्योति लाइफलाई प्राप्ति गरेको हुँदा सम्पुर्ण विवरणहरु सूर्या लाइफकै कायम रहनेछ । सोहि अनुसार कम्पनीको केन्द्रिय कार्यालय विराटनगरमै हुनेछ । विराटनगरमा केन्द्रिय कार्यालय रहे पनि केन्द्रिय कार्यालयको काम कारबाही भने साविक सूर्या र ज्योतिकै हेड अफिसबाटै सञ्चालन हुनेछ । त्यस्तै कम्पनी रजिष्ट्रारको दर्ता नम्बर, प्राधिकरणबाट जीवन बीमा व्यवसायको शुभारम्भ मिति, वार्षिकोत्सवको मिति सबै सूर्याकै कायम रहनेछ ।

आजदेखि सूर्यज्योति लाइफको प्रमुख कार्यकारी अधिकृत साविक ज्योति लाइफका सिइओ प्रकाश विक्रम खत्री रहेका छन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा भने साविक सूर्या लाइफका केशव प्रसाद भट्टराई भएका छन् ।

चुक्ता पूँजी

मर्जर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साविक सूर्याको चुकता पूँजी २ अर्ब ५५ करोड थियो भने ज्योतिको २ अर्ब ४२ करोड थियो । स्वाप रेसियो १०० बराबर ८२.४५ अनुसार ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड कायम हुँदा मर्जर पछि कुल चुक्ता पूँजी २ अर्ब ४२ करोड पुगेको हो । स्वाप रेसियोबाट आर्जन भएको ४२ करोड ४७ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा जम्मा भएको छ । खड्काका अनुसार मर्जर पछि कम्पनीको जगेडा कोषमा २ अर्ब भन्दा माथिको रकम हुनेछ । यस सँगै नेपाल बीमा प्राधिकरणले तय गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै सक्नेछ ।

लगानी

मर्जर सँगै लगानीको दायरा पनि फराकिलो भएको छ । मर्जर पछि कुल लगानी २८ अर्ब नाघेको छ । जसमा साविक ज्योतिको १० अर्ब र सूर्याको १८ अर्ब भन्दा माथि छ । यो पहिलो त्रैमाशिक वित्तीय विवरणका आधारमा तयार पारिएको हो ।

जीवन बीमा कोष

सूर्यज्योति लाइफको जीवन बीमा कोष २२ अर्ब नाघेको छ । साविक सूर्या लाइफको जीवन बीमा कोष १४ अर्ब भन्दा माथि रहेको छ भने ज्योति लाइफको ७ अर्ब भन्दा माथि रहेको छ । महा विपत्ती कोषमा पनि सूर्याको १८ करोड रहेको छ भने ज्योतिको १४ करोड छ ।

कर्मचारी संख्या

मर्जर पछि कम्पनीमा ६७५ जना कर्मचारी छन् । साविक सूर्यामा ३९३ जना र ज्योतिमा ३८५ जना दिए । दुबैले मर्जर अगाडी स्वेच्छिक अवकासको योजना ल्याउदा ८० जना भन्दा धेरैले यो सुविधा लिएर बाहिरिएका छन् । अझै पनि कम्पनीमा कर्मचारीको संख्या बढि भएको मूल्याङ्कन गरिएको छ ।

पोलिसी संख्या  

सूर्यज्योति लाइफमा कुल जारी बीमालेखको संख्या १३ लाख भन्दा माथि छ । यदि सावधिक जीवन बीमा पोलिसी हेर्यो भने चाँही दुईको गरेर चार लाख जति पोलिसी रहने कम्पनीले जनाएको छ । सावधिक आवधिक लगायतका पोलिसीलाई गणना गर्दा दुबैको १३ लाख भन्दा माथि देखिएको हो । जसमा सूर्याको ११ लाख ८० हजार वटा पोलिसी छ ।

अभिकर्ता संख्या

सूर्यज्योति लाइफको अभिकर्ता संख्या ७५ हजार माथि हुनेछन् । साविक सूर्यामा अभिकर्ता संख्या ५१ हजार रहेका छन् भने ज्योतिको २४ हजार अभिकर्ता छन् ।

शाखा कार्यालय

मर्जर पछि कुल शाख कार्यालय १८१ वटा कायम गरिएको छ । साविक सूर्याको शाखा १४९ थियो भने ज्योतिको १३० वटा थियो । एकै स्थानमा रहेका शाखालाई मर्ज गर्ने क्रममा ९८ वटा शाखा विलय भएका छन् । कम्पनीले अहिले विलय भएका शाखालाई अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको छ ।

बीमा शुल्क आर्जन

दुई वटा कम्पनीलाई जोड्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार कुल बीमा शुल्क आर्जन २ अर्ब २७ करोड नाघेको छ । जसमा सूर्याको १ अर्ब २६ करोड र ज्योतिको ९४ करोड ४६ लाख रुपैयाँ छ । मुनाफालाई हेर्यो भने दुबैको जोड्दा ४२ करोड माथि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%
happy

खुसी

6%
sad

दु :खी

6%
amazed

अचम्मित

9%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS