IME Life New

जीवन बीमक संघको दोस्रो साधारण सभा सम्पन्न, संघको छबि निर्माण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।। जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा  बसेरा  बुटिक होटल , काठमाडौंंमा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।
साथै संघमा आवद्ध जीवन बीमा कम्पनीहरुको वार्षिक सदस्यता शुल्कलाई  २५ हजार बाट बृद्धि गरि १ लाख पुर्याउने प्रस्ताव समेत सभाले   पारित गरेको  छ। सदस्यता शुल्क वृद्धि गरेर प्राप्त हुने रकमबाट जीवन बीमक संघको छबि निर्माण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य‌ रहेको संघका एक पदाधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS