IME Life New

जीवन बीमकले घुमाउरो पारामा अभिकर्ताको सुविधा बढाएपछि बीमा समितिले खर्च रकममा चासो देखायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा जसरी पनि बीमालेख बिक्री गर्ने प्रवृत्तिसँगै फजुल खर्च बढ्दै गएपछि बीमा समितिले अनुगमनमा चासो देखाएको छ । केही जीवन बीमकले १८ प्रतिशतको व्यवस्थापन खर्चको सीमालाई नाघेर अन्य शीर्षकबाट समेत व्यवसाय प्रवद्र्धनकै लागि अभिकर्ताहरुलाई अतिरिक्त सुविधा प्रदान गरिरहेका छन् । बीमा समिति समक्ष यस सम्बन्धमा व्यापक गुनासो आएपछि अहिले समितिले अनुगमनको लागी चासो देखाएको हो ।

समितिले चालू आर्थिक वर्षको पुस मसान्तभित्र सामाजिक उत्तरदायीत्व, तालिम, व्यापार प्रवद्र्धन, अतिथी सत्कार, प्रचार प्रसार शीर्षकमा भएका खर्चको संक्षिप्त विवरण बीमकसँग माग गरेको छ । समितिले पुस ३० गते सबै बीमकलाई जारी गरेको पत्रमा ३ दिनभित्र लिखित जानकारी पेश गर्न निर्देशन दिइएको छ ।

Esewa
Crest

ठूलो ठूलो बीमांक र प्रथम बीमाशुल्कवापत ठूलो रकम संकलन गर्न सक्ने क्षमता भएका व्यक्तिगत वा संस्थागत अभिकर्ताले बीमा समितिले तोकेको कमिशन र इन्सेन्टिभ जुनसुकै कम्पनीबाट पनि सहजै पाइने भन्दै तपाईको कम्पनीले अतिरिक्त के दिन्छरु भन्दै मोलमोलाई गर्ने प्रवृत्ति बढेको छ । जीवन बीमकहरुबीच तीब्र प्रतिस्पर्धाका कारण यस्तो प्रवृत्तिले झनै मलजल पाइरहेको बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु नै गुनासो गर्न थालेका छन् ।

अरु बीमकको व्यापारको तथ्यांक देखाएर संचालक समितिले यही बजारमा अरुले सक्ने तर तपाईले किन नसकेको भन्दै प्रमुख कार्यकारी अधिकृत र बजार विभाग प्रमुखसँग जवाफ माग्छन् । यस्तो अवस्थाको कारण जसरी पनि व्यवसाय वृद्धि गर्नको लागी दबाबमा पुग्ने उच्च व्यवस्थापकको लागि खर्चको सीमाभन्दा बाहिरबाट खर्चको जोहो गर्नुको विकल्प नभएको एकजना प्रमुख कार्यकारी अधिकृतले सुनाए ।

म्यादी बीमा, म्यादी लघु बीमामार्फत् व्यवसाय प्राप्त गर्नको लागी लघु बीमाको बीमाशुल्कमा प्रतिस्पर्धा गर्न संभव नभएपछि विभिन्न शीर्षक अन्तर्गत फर्जी खर्च दर्ज गरेर त्यसवापतको रकम लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बीमकले उपलब्ध गराई रहेका छन् । विशेषगरी लघु वित्तले जारी गर्ने लघु कर्जाको सुरक्षणको लागी जारी गरिने म्यादी जीवन बीमा योजनाको बिक्रीमा विकृति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS