IME Life New

जीवन बीमकको दबाबपछि फ्युचर बोनशको लागी २ वर्षको अवधि थप्दै बीमा समिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको फ्युचर बोनशको व्यवस्थाको लागी दिइएको समयसीमामा बीमा समितिले परिमार्जन गर्ने भएको छ ।
पाँच वर्षभित्र फ्युचर बोनशको लागी शत प्रतिशत व्यवस्थापन गर्नुपर्ने प्रावधानलाई लचिलो बनाउँदै बीमा समितिले थप दुई वर्षको समयसीमा थप्ने तयारी थालेको सम्बद श्रोतले जानकारी दिएको छ ।

अब जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि ७ वर्षभित्रको अवधिमा शत प्रतिशत फ्युचर बोनशको व्यवस्थापन गरिसक्नुपर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ देखि ५ वर्षभित्रको अवधिमा क्रमशः व्यवस्थापन गर्दै पाँच आर्थिक वर्षभित्र शत प्रतिशत फ्युचर बोनश(भावी बोनश) व्यवस्थापन गर्नको लागी बीमा समितिले जीवन बीमा कम्पनीलाई मोहलत दिएको थियो ।

Crest

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको थियो । सो निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले आगामी ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि व्यवस्था गर्नुपर्ने प्रावधान तोकेको थियो ।
तर जीवन बीमा कम्पनीहरुको मुनाफामा पर्याप्त नभएकाले पाँच वर्षको अवधिभित्रै शत प्रतिशत बोनश व्यवस्था गर्दा अहिलेको बोनश दर निक्कै थोरै आउने भएपछि जीवन बीमा कम्पनीहरुले समयावधि थप गर्न नियामक बीमा समितिसँग आग्रह गर्दै आएका थिए ।

केही जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारको लागी जथाभावी जोखिम मोल्दै जस्तोसुकै जीवन बीमालेख बिक्री गर्ने र अनावश्यक खर्च गर्ने प्रवृत्ति बढेपछि पछिल्लो वर्षहरुमा बीमालेख बोनश खस्किंदै जाने देखिएको छ । त्यसैले पनि ती बीमा कम्पनीहरुले फ्युचर बोनशको प्रावधान खुकुलो बनाउन पहल गर्दै आएका हुन् ।

अहिलेको भन्दा पनि थोरै बोनश दर सार्वजनिक हुँदा जीवन बीमाले बिक्रीको लागी बीमितलाई आकर्षित गर्न तथा पुराना बीमितलाई टिकाई राख्न समस्या हुने भन्दै जीवन बीमा कम्पनीहरुले बीमा समितिको नेतृत्वसँग यसबारे पुनः पुनरविचार गर्नको लागी अनुरोध गरेका हुन् ।

बीमितलाई आगामी वर्षमा दिइने बोनश रकमलाई पहिले नै सुनिश्चित गर्ने उद्देश्यले बीमा समितिले फ्युचर बोनश(भावी बोनश)को व्यवस्था लागू गरेको हो । फ्युचर बोनशको प्रावधान लागू हुनु अघि बीमा कम्पनीहरुले कुनै निश्चित आर्थिक वर्षभित्र आम्दानी गरेको मुनाफाबाट बोनश वितरण गर्न योग्य सबै रकम सोही वर्षको बोनश वितरण गर्न प्रयोग गर्दै आएका थिए। तर फ्युचर बोनशको प्रावधान लागू भएपछि एकमुष्ठ सबै बोनश वितरण नगरेर भविष्यको लागी पनि केही रकम जोहो गर्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS