IME Life New

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । उक्त लक्की ड्र

कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रम बिच घोषणा गरिएको हो ।
यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारीले बम्पर उपहार स्वरुप रु. २२,००० बराबरको खसी प्राप्त गरिन् । साथै कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं. ६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्री, कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले रु. १,००० बराबरको सपिङ्ग भौचर प्राप्त गरे ।

Crest

बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकको भनाई रहेको छ । दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप रु. २२,००० बराबर खसी प्राप्त गर्नेछन । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५० प्रतिशत सम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।

यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा उपलब्ध छन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS