IME Life New

जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो चरण रकमको निकासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सरकारले पहिलो किस्ताबापत १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट भूकम्पबाट पीडित बनेका परिवारहरुका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत उक्त रकम निकासा गरेको हो।

Esewa
Crest

प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम (पश्चिम), बझाङ, बाजुरा र सल्यान जिल्लाका स्थानीयका लागि अस्थायी आवास निर्माण गर्न रकम निकासा गरिएको हो। जसअनुसार जाजरकोटका लागि ५० करोड, रुकम (पश्चिम)का लागि ५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रुपैयाँ निकासा गरिएको छ।

सम्बन्धित पालिकामार्फत लाभग्राहीसमक्ष रकम पठाउने र लेखापरीक्षण गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS