IME Life New

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० करोडको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभा सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री र कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराले सयुक्त रुपमा गरे । सभा कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Esewa
Crest

कम्पनीको बार्षिक साधारण सभाले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतका दरले हुने जम्मा तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै,कम्पनीको सञ्चालकमा निर्वा्चित कुनाल कयाल, लक्ष्मीप्रसाद श्रेष्ठ, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवालको साधारण सभाले अनुमोदन गरेको छ ।

कम्पनीले आब २०७४/०७५ को करिब २४ कार्य्दिनमा कम्पनीले १९३ बीमालेख जारी गरि रु. ३१,६९,८९१.४० बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ । सो अनुरुप आव २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३र– बीमा शुल्क संकलन गर्न सफल भएको समेत सभामा जनाएको छ ।

त्यसैगरी कम्पनीले आव २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००र– भुक्तान गरिएको छ ।

कम्पनीले सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी लगायत अन्य बीमाको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS