IME Life New

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतका लागि केही संख्यामा , सहायक अधिकृत, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट माग गरेको छ।

अधिकृत तहका लागि शैक्षिक योग्यतामा बैंकिङ, वित्त लगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष कार्य अनुवभ हुनुपर्नेछ। उमेर भने २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ।

Esewa
Crest

सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको कार्य अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुर्नेछ।जुनियर असिस्टेन्टका लागि एसएलसी एसईई सरह उत्तीर्ण गरी कम्तीमा ६ महिना काम गरेको अनुभव हुनुपर्ने संस्थाले जनाएको छ।

असिस्टेन्ट तहका लागि इच्छुक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।कम्पनीले एसइई उत्तीर्ण गरेर बसेका इच्छुकका लािग केही संख्यामा ट्रेनी असिसस्टेन्ट समेत माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS