IME Life New

छिट्टै नै अभिकर्ता लाइसेन्सकाे परिक्षा लिने तयारीमा बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परिक्षाको छुट्टै कार्यविधि बनाउन गठन गरेको बीमा मध्यस्थकर्ताहरुको परिक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा उप समितिको दोश्रो बैठकले परिक्षाको प्रारुप सम्बन्धमा छलफल गरेको छ ।

अभिकर्ता इजाजत पत्रको लागी संचालन गरिने परिक्षाको पाठ्यक्रम, परिक्षाको कार्यविधि, परिक्षा नियन्त्रण प्रणाली, उतीर्ण हुनको लागी आवश्यक पर्ने अंक भारबारे उप समिति सदस्यहरुबीच शुक्रबार छलफल भएको बैठकमा सहभागीले एक सदस्यले जानकारी दिए । उप समितिले पहिलो चरणमा बीमा अभिकर्ता इजाजत पत्रको लागी परिक्षा संचालनको लागी आवश्यक सुझाव तयार पारिरहेकोे छ ।

Esewa
Crest

बीमा समितिले अनलाइन माध्यमबाट परिक्षा संचालन गर्ने जानकारी दिएको छ । तर बीमा कम्पनीका प्रबन्धकहरु दुर्गम भेग जहाँ बीमाको पहुँच ज्यादै दयनीय अवस्थामा छ,त्यस्तो भेगमा अभिकर्ताको परिक्षा अनलाइन माध्यमबाट कसरी संचालन गर्ने विषयमा पनि समितिले गम्भीरतापूर्वक विचार पुर्‍याउनुपर्ने सुझाव दिएका छन् ।

उपसमितिले तयार पार्ने कार्यविधि मस्यौदाको आधारमा बीमा समितिले परिक्षा अनिवार्य गरेपछि बीमा अभिकर्ताको इजाजत पत्र लिनको लागी तालिम पछि अनिवार्यरुपमा प्रत्येक परिक्षार्थीले परिक्षामा उतीर्ण गर्नुपर्नेछ । अन्यथा इजाजत पत्र पाउनेछैनन् । अहिले तालिम लिए पनि नलिए पनि जथाभावी इजाजत पत्र जारी गर्ने प्रवृत्तिमा परिक्षाको व्यवस्था पनि अंकुश लाग्ने बीमा समितिको विश्वास छ ।

बीमा समितिका सञ्चालक कपिलदेव ओली संयोजक रहेको उपसमितिका सदस्यहरुमा नेपाल बीमक संघको तर्फबाट कुमार बहादुर खत्री, जीवन बीमक संघको तर्फबाट सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, इन्स्योरेन्स इन्ष्टिच्युट नेपालका कार्यकारी प्रमुख भोजराज शर्मा र बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मी सदस्य सचिव छन् । उप समितिले बीमा मध्यस्थकर्ताको रुपमा काम गर्ने बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता सबैको इजाजतका लागी परिक्षा संचालन गर्नको लागी पाठ्यक्रम तयार पार्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS