IME Life New

चीनः डेरावालकाे आवास परियाेजनामा लगानी गर्न बीमा नियामककाे निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाैं । चीनियाँ सर्वसाधारणलाइ सहजरूपमा डेरा उपलब्ध गराउनकाे लागी आवास परियाेजनामा वित्तीय लगानी गर्नकाे लागी नियामक निकायले बीमा कम्पनी तथा बैंकहरूलाइ संयुक्त निर्देशन जारी गरेकाे छ । पिपुल्स बैंक अफ चाइना (PBOC) र चाइना बैंक एण्ड इन्सुरेन्स रेगुलेटरी कर्पाेरेशन (CBIRC) ले संयुक्त विज्ञप्ती जारी गर्दै वित्तीय संस्थाहरूले जोखिम व्यवस्थापन र दिगो विकासलाई पछ्याउँदै सहुलियत दरमा बहालमा घर उपलब्ध गराउने परियाेजनाहरूमा लगानी वृद्धि गर्न निर्देशन दिएकाे हाे ।

चीनकाे केन्द्रीय बैंक पिबिओसीले घरजग्गामा लगानी गर्न तोकिएकाे सीमाकाे गणना गर्दा बहालमा उपलब्ध गराउने गरी निर्माण गरिएकाे आवासीय परियाेजनामा भएकाे लगानी गणना नगरिने घाेषणा गरेकाे छ । यस कदमले किफायती भाडा आवास परियोजनाहरूको लागि ऋण जारी गर्ने अपेक्षा गरिएको छ र देशको आवास आयाेजनालाई अझ सुधार गर्ने लक्ष्य राखिएकाे,पिबिओसीले विज्ञप्तीमा उल्लेख गरेकाे छ । चाइना बैंक एण्ड इन्सुरेन्स रेगुलेटरी कर्पाेरेशनले एक विज्ञप्तिमा भनेकाे छ, बीमकले सहुलियतपूर्ण आवास परियोजनामा दीर्घकालीन वित्तीय सहायता प्रदान गर्नुपर्छ।

Crest

आफ्नो वित्तीय प्रणालीलाई संभावित जोखिमबाट जोगाउन, चीनले १ जनवरी २०२१ देखि नै सम्पत्ति कर्जाकाे व्यवस्थापन प्रणाली लागू गरेको छ, घरजग्गा ऋण र ऋणदाताहरूका लागि धितोमा माथिल्लो सीमा ताेकेकाे छ। केन्द्रीय सरकारले आवासीय सुविधाकाे लागी हुने चुनाैती समाधान गर्ने प्रयासको रूपमा सस्तो बहालमा आवासको आपूर्ति विस्तार गर्न काम गरिरहेको छ।

यस वर्षको प्राथमिकतामा सहुलियतपूर्ण बहालमा बस्ने घरको संख्या थप्दै यस वर्ष चीनमा सरकारी अनुदानमा दिइने बहालका घरहरूको २४ लाख नयाँ इकाइहरू राष्ट्रव्यापी रूपमा उपलब्ध हुनेछन् । थप १ लाख सार्वजनिक बहालका घरहरू थपिनेछ । रन डाउन क्षेत्रहरूमा १२ लाख घरहरू पुनर्निर्माण गरिने चीनियाँ अावास तथा शहरी विकास मन्त्रीलार्इ उद्घृत गर्दै सिन्हवा समाचार एजेन्सीले उल्लेख गरेकाे छ ।

सन् २०२१ मा, ४० प्रमुख शहरहरूमा नयाँ शहरवासी र यूवाहरूलाइ राहत दिनकाे लागी कुल ९,४२,००० सरकारी अनुदानमा भाडामा घरहरू उपलब्ध गराइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS