IME Life New

चिलिमे जलविद्युतले १५% लाभांश दिने, वार्षिक साधारणसभा पनि डाक्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर २२ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार २७६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ८७ लाख २६ हजार ८९१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख १७ लाख हजार ९२७.५९ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ३६ करोड २९ लाख ८ हजार ९६३.७९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।

लाभांश अनुमोदन गर्न कम्पनीले २७ औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

साधारणभा र लाभांश प्रयोजनार्थ कम्पनीले आउँदो पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतबल पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS