IME Life New

चिरञ्जीवि चापागाईले जिम्मेवारी विहीन बनाएका समितिका लामिछाने र भट्ट पुरानै विभागमा सरुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिमा निवर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईले जिम्मेवारी परिवर्तन गरिदिएका दुई उप निर्देशकलाई नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले पुरानै विभागमा फिर्ता गराएका छन्। चापागाईले व्यक्तिगत रिसिइवीका कारण उप निर्देशक द्धय साम्बराज लामिछाने र विरोध भट्टलाई गर्दै आएको जिम्मेवारीबाट हटाइएको थियो।

चापागाईले विरोध भट्टलाई उजुरी विभागबाट कानुनी विभागमा सरुवा गरिदिएका थिए। त्यस्तै, कानुनी विभागका साम्बराज लामिछानेलाई कानुनी विभागबाट उजुरी तथा दाबी विभागमा सरुवा गरिदिएका थिए। विभाग परिवर्तन गरिदिए पनि उनिहरुलाई जिम्मेवारी भने दिने गरिएको थिएन।

Esewa
Crest

नव नियुक्त अध्यक्ष सिलवाल आएसँगै लामिछानेलाई उनको पुरानै विभाग कानुनको जिम्मेवारी दिइएको छ भने भट्टलाई उजुरी विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS