IME Life New

चिनले प्रदान गर्यो सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।

नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि २ हजार ८०० पीपीई थानसहित ५ हजार मेडिकल ह्याट तथा सुज कभर र २ हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै आइसोलेसन मास्क २ हजार थान तथा एन नाइन्टिफाइफ मास्क र मेडिकल मास्क पनि ५ हजार थान दिएको बताएको छ ।

Esewa
Crest

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा कोरोना महामारीले उच्चरुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यो अहिलेसम्म नेलम काउन्टीले गरेको मध्येकै ठूलो सहयोग भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS