IME Life New

चार कम्पनीको ११.५९ लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको विभिन्न ४ कम्पनीको ११ लाख ५९ हजार बढी कित्ता शेयर आज साउन २२ गतेबाट बिक्रीमा राखिएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष (सीआईटी), सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कुल ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। जसमा निफ्राको ९ लाख ६५ हजार कित्ता, सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमीको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर रहेको छ।

Esewa
Crest

बिक्रीमा राखिएकामध्ये निफ्राको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ, सीआईटीको ८३३ रुपैयाँ, सूर्योदय वोमीको ३९९ रुपैयाँ र सूर्यज्योति लाइफको १८५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी शेयरमा योग्य जोकोही लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र साउन २९ गतेसम्म पेस गर्न सकिन्छ।

लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय वा बैंकका शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS