IME Life New

चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा, केमा कति छुट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले दसैं–तिहारसहित चाडपर्व लक्षित गरेर बिहीबार (असोज ३ गते) देखि सुपथ पसल सञ्चालनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४२ जिल्लाका ६३ स्थानमा सुपथ पसल सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

कम्पनीका अनुसार काठमाडौं उपत्यकाका चार स्थान सुपथ पसल सञ्चालनमा ल्याइएको छ। थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ पसल खोलिएको कम्पनीले जनाएको छ।

उपभोक्ताले सुपथ पसलमा चामल र दालमा बजारमूल्यभन्दा किलोको ५ रुपैयाँ छुट पाउनेछन्। प्रतिलिटर खाने तेलमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा ७ रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। त्यस्तै प्रतिकिलो कर्णाली सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा पनि ७ रुपैयाँ छुट दिइएको छ।

यसैगरी डीडीसी घिउमा प्रतिकिलोमा १० रुपैयाँ छुट दिइएको छ।

सुपथ पसल आउँदो माघ २ गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ। सुपथ पसल सञ्चालनका लागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।

कम्पनीले दसैँका लागि मकवानपुर, तुलसीपुरलगायत स्थानबाट खसी–बोका १ हजार ५०० वटा तथा मुस्ताङबाट च्यांग्रा ३०० वटा बेच्ने निर्णय गरेको छ। घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी, बोका र च्यांग्रा थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमात्र बिक्री गरिनेछ।

खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS