IME Life New

चाडपर्व लक्षित सुपथ पसल असोजको पहिलो साताबाट खुल्ने, कति ल्याइँदैछ खसी, बोका र च्यांग्रा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्यको पसल असोजको पहिलो साताबाट खुल्ने तयारी भइरहेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्यको पसल असोजको पहिलो साताबाट खोल्ने तयारी गरिरहेको छ। यसपालि दसैँको घटस्थापना असोज १७ गते परेको छ। ‘विगतका वर्षहरुमा पनि हामीले दसैँ सुरु हुनु दुई साता अघिबाट देशभर सुपथ मूल्यको पसल सञ्चालन गर्थ्यौँ, यसपालि पनि त्यसरी नै तयारी भइरहेको छ’, कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले भनिन्, ‘मिति तय भइसकेको छैन। सम्बन्धित मन्त्रालयहरुबाट निर्णय हुन बाँकी छ। हामीले भने लगभग तयारी सक्दैछौँ।’

Esewa
Crest

चाडपर्व लक्षित सुपथ पसल कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासँगको सहकार्यमा सञ्चालन गर्दै आएका छन्। यसपालि पनि तीनवटै निकाय मिलेर सुपथ पसल सञ्चालनको तयारीमा कम्पनी रहेको छ।

यसपालि पनि सुपथ पसलमा खाद्यान्नहरुमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म सहुलियत दिने तयारी भइरहेको सुवेदीले बताइन्। ‘उपत्यकामा ४ वटासहित देशभर ६० वटा सुपथ पसल चलाउनेबारे छलफल भइरहेको छ’, उनले भने, ‘संख्यामा थपघट हुन सक्छ।’

त्यसैले सुपथ पसलसँगै अनलाइन सपिङको व्यवस्था गरिने न्यौपानेले बताइन्। ‘उपत्यका र सुर्खेतमा अनलाइन सपिङको व्यवस्था हुन सक्छ’, उनले भनिन्।

दसैँका लागि भने यसपालि १ हजार ५०० वटा खसी–बोका र ३०० वटा च्यांग्रा ल्याउने तयारी भइरहेको पनि न्यौपानेले बताइन्। ‘हेटौँडा र तुलसीबाट खसी–बोका र मुस्ताङबाट च्यांग्रा ल्याउने कुरा भइरहेको छ’, उनले भनिन्।

सूचना अधिकारी न्यैपानेका अनुसार यसपालि पनि जिउँदो खसी–बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ सहुलियत दिने विषयमा छलफल भइरहेको छ। ‘अब छिट्टै निर्णय होला’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS