IME Life New

चन्द्रागिरी हिल्सको पहिलोचरणको आईपिओ मंसिर १७ गतेदेखि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि मंसिर १७ गते बुधबारदेखि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाएको छ ।

Esewa
Crest

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार अनुमति प्रदान गरेको थियो ।

उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नं ३,४,५,६,७ र ८ मात्र) एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरू) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले मात्र यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा छिटोमा पौष १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS