IME Life New

चन्द्रागिरी हिल्सको आईपिओमा पहिलो दिनमै मागभन्दा तीन गुणा बढि आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट आवेदन खुल्ला गरिएको चन्द्रागिरी हिल्सको आईपिओमा पहिलो दिनमा नै मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज अपरान्ह ३ बजेसम्ममा नै माग भन्दा तीन गुणा बढी आवेदन परेको हो ।

सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता शेयरको लागि आवेदन खुल्ला गरिएकोमा पहिलो दिनमा मात्रै ४७ लाख ९६ हजार ७०० कित्ता शेयरका लागि दुई लाख ३१ हजार ८९२ जनाले आवेदन दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले कर्मचारीहरुको लागि ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषका लागि ७६ हजार ७०५ कित्तासहित कूल १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्दैछ । कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS