IME Life New

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड भोलि, ११ लाख बढीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ भोलि बाँडफाँड गरिने भएको छ । शुक्रबार बिहान साढे १० बजे कम्पनीको आईपीओ बाँडफाँड गर्न लागिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।आईपीओ बाँडफाँड काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा हुनेछ।

कम्पनीको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पुस २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको कम्पनीको आईपीओको बाँडफाँड भोली शुक्रबार हुने भएको छ ।

Esewa
Crest

कम्पनीको शेयरमा उच्च आवेदन परेकोले यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनकमध्ये नै ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने भएको छ।

कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न गरेको हो ।

कम्पनीको शेयर कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्येबाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ ।आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS