IME Life New

ङादी ग्रुपको हकप्रद आजबाट बिक्री खुल्दै, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरले आज पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दैछ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गर्न लागेको हो। यसअनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।

Esewa
Crest

कम्पनीको हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS