IME Life New

ङादी ग्रुपको साधारण सभा भोलि, हकप्रद र लाभांशको प्रस्ताव पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि आइतवार हुने भएको छ । सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर काठमाडौंमा हुने कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० को २०० प्रतिशत अर्थात् १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भदौ १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरीसकेको छ । यस आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS