IME Life New

घर कर्जामा कुरा नमिल्दा अन्य माग राखेर संस्थानका कर्मचारी आन्दोलित, प्रशासक कार्यकक्षमै थुनिए

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु घर कर्जाको सिमा बढाउने विषयलाई लिएर आन्दोलित भएका छन् । समयमा लेखापरीक्षण नहुँदा कर्मचारीको सम्पुर्ण सेवा सुविधा अवरुद्ध भएको भन्दै कर्मचारीहरुले घर कर्जाको सिमा बढाउनु पर्ने माग राखेका थिए ।

संस्थान उच्च व्यवस्थापन तथा सञ्चालक समितिले यस विषयमा छलफल गरिरहेको थियो । तर कर्मचारी युनियनहरुले पुस एक गते प्रशासक कवि प्रसाद पाठकलाई कार्यकक्षमा थुनिदिए । यसरी आफु कार्यकक्षमै थुनिए पछि पाठकले प्रहरी प्रशासनको सहयोगमा आन्दोलित कर्मचारीलाई हटाएर बाहिर निष्किए । पाठकले आफुलाई अनावस्यक रुपमा किन थुनेको भन्दै कारबाही गर्छु भने पछि दुई कर्मचारी युनियन राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै आफुहरु आन्दोलनमा उत्रिनुका ८ कारण सार्वजनिक गरेका थिए ।

Crest

कर्मचारी युनियनले सार्वजनिक गरेको उक्त कारणमा भने वास्तविक विषयवस्तु समावेश गरिएको छैन । कर्मचारीहरुले अहिले पाउदै आएको २८ लाख बराबरको घर कर्जाको सिमा ५० लाख भन्दा माथि हुनु पर्यो भन्दै माग राखेका छन् ।

यहि विषयमा प्रशसकले सञ्चालक समितिमा छलफल गर्दै आएका थिए । तर सञ्चालक समितिमा भएको छलफलका विषयलाई लिएर कर्मचारीहरु आक्रोस भए । अहिलेसम्म यस विषयमा सञ्चालक समितिले निर्णय गरिसकेको छैन ।

लामो समयदेखि लेखापरीक्षण हुन नसक्दा कर्मचारीहरुले कुनै पनि सेवा सुविधा प्राप्त गर्न नसकेको हुँदा घर कर्जा मार्फत सुविधा दिन थालिएको प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए । उनले भने ‘घर कर्जाको विषय हामीले नै उठाएका हौ । तर कर्मचारी युनियनका साथिहरुले कुरै नबुझि छलफलमा रहेको विषयलाई लिएर दवाव दिइरहनु भएको छ । दवाव दिनु नराम्रो होइन तर अनावस्यक रुपमा दवाव दिनु उचित हुँदैन ।’

राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुले हाल २८ लाख रुपैयाँसम्मको घर कर्जा प्राप्त गर्दै आएका छन् । यस्तो कर्जाको व्याज तिर्नु पर्दैन । कर्मचारीले उक्त कर्जाको बीमा गर्दा लाग्ने बीमा शुल्क मात्रै भुक्तानी गरे पुग्छ । बीमा शुल्क गणना गर्दा कर्जा अवधि, कर्मचारीको उमेरका आधारमा तय गरिन्छ । कर्मचारीहरुले ५० लाख भन्दा धेरै नै माग गरिरहेका छन् तर उच्च व्यवस्थापन भने ५० लाख भन्द तल हुनु पर्छ भनिरहेको छ । यहि विषयमा कुरा मिलिरहेको छैन ।

तर संस्थानका युनियनहरुले भने विगत १० वर्षदेखि लेखापरीक्षण हुन नसकेको, एक्चुरी भ्यालुएसन विगत १० वर्षदेखि नभएको, खाद्य संस्थानको नाममा रहेको जग्गा संस्थानको नाममा ल्याउन नसकेको लगायतका माग राखेर आन्दोलित भएको जानकारी गराएका छन् । जुन माग कर्मचारीको तर्फबाट राख्नु पर्ने खालका छैनन् । ति माग संस्थानकै कर्मचारीहरुको तर्फबाट हुने कार्य सम्पादन हो । उक्त आन्दोलनका विषयमा दुबै कर्मचारी युनियनका अध्यक्ष सँग कुराकानी गर्दा कसैले पनि ठोस रुपमा आन्दोलनका भावि योजना भन्न सकेनन् । यसबाट पनि के प्रष्ट हुन्छ भने कर्मचारीहरुले आफ्नो व्यक्तिगत मागका विषयमा भन्न नसकेर अन्य माग देखाउदै मिडियाबाजी गर्न खोजेको जस्तो देखिन्छ ।

आजको दिनमा जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा संस्थान सबैभन्दा गैरजिम्मेवार संस्था हो । जसले विगत १० वर्षदेखि लेखापरीक्षणको काम पुरा गर्न सकेको छैन । बीमा प्राधिकरणको विगत ५ वर्षदेखिको क्यापिटल प्लान पुरा गर्न सकेको छैन । सरकारकै स्वामित्व भएको कारण यसले जुन सुकै नियम कानुनलाई उल्लङ्घन गरेर बसिरहेको छ । यसमा प्रशासक मात्रै नभइ समग्र कर्मचारीकै दोष रहन्छ । आफुलाई लागेको दाग मेटाउन तर्फ नलागेर आफ्ना सेवा सुविधाको विषयमा अघोषित रुपमा आन्दोलन गर्नु पक्कै पनि जायज होइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS