IME Life New

घरमा बसेका कर्मचारीहरुलाई कोरोनाविरुद्धमा खटिन सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले लकडाउनका कारण कार्यालय विदा भई घरमा बसेका कर्मचारीलाई कोरोनाविरुद्धको संघर्षमा आ–आफ्नो ठाउँबाट खटिन निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार घरमा बसेका कर्मचारीहरुलाई १० बुँदे निर्देशन दिँदै कोरोनाविरुद्धमा खटिन भनेको हो ।

Esewa
Crest

मन्त्रालयले सबै कर्मचारीहरुलाई आफूभन्दा माथिल्लो तहका कर्मचारीसँग नियमित सम्पर्कमा रहन भनेको छ । त्यस्तै, कोरोना महामारीको समयमा दैनिक उपभोग्य बस्तुको बढि मूल्य लिएको सूचना बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिने, सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्ने, दैनिक उपभोग्य बस्तुहरुको खरिद स्थलमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गरी नियमन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको मितव्ययी प्रयोग गर्न जनतालाई आह्वान गर्ने, कोभिड–१९ को लक्ष्यणसँग मिल्दो जुल्दो देखिए तत्कालै नजिकको अस्पताल वा जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने, आफू बसेको वरपर अनावश्यक घुमफिर गर्ने मानिसलाई घरैमा क्वारेन्टाईनमा बस्न लगायत जस्ता कार्य गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS