काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो । आज बुधबार बसेको निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य घटाउने निर्णय गरेको हो । घटेको यो मुल्य आज बुधबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।


















