IME Life New

घट्यो आन्तरिक हवाई उडानको भाडा, अब कुन गन्तव्यमा कति शुल्क ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज भदौ १८ गतेदेखि लागू हुने गरी आन्तरिक हवाई उडानको भाडादर घटाएको छ।

नेपाल आयल निगमले भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। हवाई इन्धनको मूल्य घटेसँगै प्राधिकरणले आन्तरिक हवाई उडानको भाडादर ३.६५ प्रतिशतले घटाएको हो। प्राधिकरणले गन्तव्य उडानका आधारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाई भाडा घटाएको छ।

Esewa
Crest

प्राधिकरणले सबैभन्दा कम काठमाडौं–सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी विराटनगर–नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँले भाडा घटेको छ।

यसैगरी काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा १७० रुपैयाँले घटेको छ।

आयल निगमले घटाएसँगै हवाई इन्धनको प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर १३७ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS