काठमाडौं । ग्लोबल कलेजअन्तर्गत ‘ग्लोबल स्कुल अफ ल’ ले स्नातक तहमा कानुन विषय (बिएएलएलबी)को पठनपाठन सुरु गरेको छ ।
काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल स्कुल अफ लले यसै वर्षदेखि स्नातक तहमा पढाइ सुरु गरेको हो । यस वर्ष नै पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति पाएको कलेजले भर्ना सुरु गरेको छ ।
ग्लोबल स्कुल अफ् कलेजमा ६० जना विद्यार्थीको कोटा रहेको र भर्ना गरेर पठनपाठन सुरु गर्ने कलेजका प्रमुख टंक पोख्रेलले जानकारी दिए । उनले भने, ‘विश्वविद्यालयबाट अनुमति पाउन केही ढिलो भयो तर यसै वर्षदेखि नै पठनपाठन सुरु गर्न अनुमति पाएका छौँ ।’
ग्लोबल कलेज समूहअन्तर्गत विभिन्न कलेज सञ्चालनमा छन् । अनुमतिका लागि कलेजले २ वर्ष अगाडि प्रक्रिया सुरु गरेको थियो ।

















