IME Life New

ग्रीनलाइफले माघ तेस्रो सातादेखि आइपिओ निष्काशन गर्ने, शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा हाइड्रोपावरको तर्फबाट अध्यक्ष श्रीमती याङचेन डोमा लामा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि अब कम्पनीका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सानिमा क्यापिटलले गर्ने भएको छ ।

Esewa
Crest

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर (आइपिओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात १८ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS