IME Life New

ग्रिन भेन्चर्सको आइपिओ बाँडफाँड सम्पन्न, १८ लाख १९ हजारको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रिन भेन्चर्स  लिमिटेडलको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपिओ २ लाख ८७ हजार ५०० जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । आइतबार विहान भएको बाँडफाँडबाट जम्मा आवेदक मध्ये १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ ।

कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७६ हजार ५०० कित्ता शेयर जारी गरेको थियो । सर्वसाधारण समुह ३१ लाख २५ हजार कित्ता मध्ये कर्मचारीहरुले ९३ हजार ७५० कित्ता प्राप्त गरेका छन् भने सामुहिक लगानीकोष अर्थात म्युचुअल फण्डले एक लाख ५६ हजार २५० कित्ता शेयर प्राप्त गरेका छन् ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्दा २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएका थिए । उनिहरुले २ करोड ४३ लाख कित्ताको लागि आवेदन दिएका थिए । तर ५ हजार १३३ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको बाँडफाँडको नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलको वेवसाइट तथा मेरो शेयरको आइपिओ नजिता हर्ने साइटबाट हेर्न सकिनेछ ।

ग्रिन भेन्चरले रामेछाप जिल्लामा ५२.७ मेगावाट क्षमताको लिखु ४ खोला जलविद्युत आयोजनाको निर्माण गरेको छ । आयोनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको विद्युत उत्पादन बाँकी अवधि २५ वर्ष ८ महिना रहेको छ । पे व्याक परियड भने ८ वर्ष रहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको हुँदा कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS