IME Life New

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्यास उद्योगीहरुले आफ्नो आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका छन्।

उद्योग मन्त्रालयमा मन्त्री दामोदर भण्डारीसँग भएको छलफलपछि ग्यास उद्योगीहरुले आजबाट सुरु हुने भनिएको आन्दोलन १५ दिनका लागि स्थगित गरेका हुन्। मन्त्री भण्डारीको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योगीहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच छलफल भएको थियो।

Esewa
Crest

छलफलमा मन्त्री भण्डारी ग्यास उद्योगीहरुको माग सम्बोधन गर्न सकारात्मक देखिएको आन्दोलन स्थगित गरिएको संघले जनाएको छ। ग्यास उद्योगीहरुका माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्न थप समय आवश्यक देखिएको आन्दोलन राकिएको संघको भनाइ छ।

कमिसन, ढुवानी र प्राविधिक खर्च बढाउनुपर्ने माग गर्दै संघको अगुवाइमा ग्यास उद्योगीहरु चरणबद्ध आन्दोलनमा उत्रिने तयारी गरेका थिए। उनीहरुले आजबाट ग्यास खरिद आवेदन नपठाउने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS