IME Life New

गृहस्थीको व्यस्तताबाट माथि उठेकी मिनाको नजरमा अभिकर्ता पेशा आर्थिकसँगै सामाजिक सम्बन्ध बलियो बनाउने आधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृहीणी र समाज सेवामा रम्दै आफ्नो दैनिकी गुर्जादै आएकी मिना मल्ल ठकुरीले आफु बीमा क्षेत्रमा आउँछु भनेर कहिल्यैै सोचेकी थिइनन् । जीवन यात्रा न हो, आफ्नो घर गृहस्थीको व्यस्ततालाई निरन्तरता दिँदै एक छोरा एक छोरी र आफ्नो परिवारको हेरचाह गर्दै अगाडि बढीरहेकी मिनाको सुर्या लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छिमेकी सरसँग भेट भयो । उनले आफ्नो घर गृहस्थीको व्यस्थतालाई सम्झदै भनिन्, ‘मैले उहाँ सरलाई भेटनु नै मेरो बीमा अभिकर्ता पेशामा पाइला टेक्न टर्निङ प्वाईन्ट बन्न पुग्यो ।’

उनी यस पेशामा लागेको ४ वर्ष भयो । उनले यस पेशामा लागेपछि आफ्नै परिवारभित्र करिब ४० वटा बीमा पोलिसी बिक्री गरिसकिन् । मिनाले  वार्षिक करिब १२ लाखसम्म्को बीमा शुल्क संकलन गर्दै आएकी छिन् । यहि पेसाले आर्थिक रुपमा उनलाई सबल बनाउदैछ । मिनाका अनुसार उनले अभिकर्ता पेशाबाटै मासिक लगभग एक लाख कमाउन थालेकी छिन् ।

Esewa
Crest

कामको लागि विदेसिएका श्रीमान । के नै कमि थियो ? मिना भन्छिन् महिलाहरु घरमा मात्र सिमित हुनु राम्रो होइन् म अरु भन्दा केही भिन्नै हुन्छु, म श्रीमानको कमाईमा मात्रै निर्भर नभई आत्मनिर्भर हुन्छु । महिला भएर पनि समाजमा केही गरेर देखाउन सकुँ । यस्तै यस्तै सोचहरु मनमा घुमिरहन्थे । प्रायः मानिसहरुको सपना हुन्छ भविष्यमा राम्रो जागिर होस । तर, उनी त आफ्नै पहिचानसहितको नारी बन्न चाहिन्थिन । त्यसको लागि के गर्ने ? धेरै विकल्पहरु उनका अगाडि आए । व्यवसाय गर्ने वा जागिर खाने के गर्ने ? घर परिवारलाई पनि समय दिनुपर्ने बाध्यता ।

छिमेकी भएर बसोबास गर्ने क्रममा भेट भएका ती सरकै कारणले गर्दा मिना आज बीमा क्षेत्रमा नाम, दाम कमाउन सफल छिन् । मिनासँग भेट भएका ती सर बीमा कम्पनीमा प्रदेश प्रमुख हुन् ।  उनकै सल्लाहमा मिनाले पनि बीमा अभिकर्ताको लाईसेन्स लिईन । बीमा अभिकर्ता पेशामा लाग्नु पूर्व आफु बीमा बारे जानकार नरहेको मिना बताउछिन् । ‘म बीमा बारे खासै जानकार थिईन । छिमेकी सरसँग मेरो भेट भएको थियो, सरकै मार्फत म यो क्षेत्रमा जोडिन मौका मिल्यो ।’ मिनाले भनिन् ।

नेपाली समाजमा पुरुषको तुलनामा महिलालाई थोरै मात्रै स्थान दिइन्छ, चाहे ठुला ठुला निर्णय प्रक्रियामा होस चाहे साना नै किन नहोस । नेपाली समाजमा महिलाहरु घरधन्दा मै रहनुपर्छ भन्ने मान्यतामा आजभोलि केही फरकपन आएको उनले बताइन् ।

थोरै लगानीमा भविष्यमा आईपर्न सक्ने ठुलो क्षतिलाई सामना गर्न बीमाले सघाँउ पुर्याउँछ । ‘बीमा भनेको बचत गर्ने बानी हो । बीमा गर्नु जो सुकैलाई पनि आवश्यक छ, भैपरि रुपमा आउने जोखिमलाई सामना गर्न बीमाले सहयोग गर्दछ । बचत सँगसँगै सुरक्षा पनि हुने भएकाले बीमा अपरिहार्य छ । बीमा हुने खानेका लागि भन्दा पनि हुँदा खानेहरुका लागि जरुरी रहेको मिनाको भनाई छ । हुने खानेलाई भन्दा पनि हुँदा खानेहरुलाई बीमाको दायरामा ल्याउनु बीमा अभिकर्ताहरुको दायित्व रहेको उनको बुझाईछ ।

अभिकर्ता पेशामा आवद्ध भएपछि सबै तह र तप्काका मान्छेसँग भेट गर्ने अवसर उनलाई मिल्यो । समाजमा सबैले चिने । उनले खुशी हुँदै भनिन् म आफु आर्थिक रुपमा स्वतन्त्र भए । मैले जीवनमा नयाँ मोड पाए । जुनसुकै पेशामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन् । आर्थिक पक्ष एकदमै राम्रोसँग विकास हुनु अभिकर्ता पेशाको राम्रो पक्ष हो । निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले समाजमा नाम कमाउँन सक्ने उनको अनुभव छ । तर उनी भन्छिन् यस पेशालाई दुई चार महिना गरेर छोडनुभन्दा पनि यस पेशालाई नै मुख्य पेशा बनाएर काम गर्यो भने अवश्य सफल हुने उनको भनाइ छ ।

बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई ‘निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेशा राम्रो रहेको’ उनको सुझाव छ ।  एसएलसी पास वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर यत्तिकै घरमै बसिरहेकाहरुलाई मिना बीमा अभिकर्ता पेशामा पनि भविष्य छ भन्न चाहन्छिन् ।

अन्य देशमा बीमा अभिकर्ता भन्ने वित्तिकै सम्मानित पेशाका रुपमा लिईन्छ । अन्य देशको तुलनामा नेपालमा भने यो पेशालाई तल्लो दर्जाको पेशा भन्ने गरेको पाइन्छ । यो पेशा नराम्रो पेशा हो भनेर चिन्ने गरिन्छ ।” उनले आफ्नो अनुभव साटिन । “अभिकर्ताप्रति नकारात्मक सोच राख्ने व्यक्ति जो छन्, उनीहरुलाई यो पेशा पनि राम्रो पेशा हो है भनेर बुझाउनका लागि बीमा अभिकर्ता पेशामा लागि परेका स्वंयम हामीले नै पहल गर्नुपर्छ ।”

अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानित तथा मर्यादित पेशा रहेको उनले बताईन् । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन बीमा कम्पनीहरु तथा बीमा समितिको पनि उत्तिकै भुमिका रहने उनको बुझाई छ ।

बीमा अभिकर्ता पेशा एक सामाजिक पेशा हो उनले भनिन् । यस पेशामा लाग्नु पूर्व गृहणी र एक सामाजिक कार्यकर्ता रहेको उनी भन्छिन्, त्यसैले गर्दा पनि मलाई यो पेशा अन्य पेशा भन्दा सहज लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS