IME Life New

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धिष्ट वल्र्ड पिस फाउन्डेसन’ का अध्यक्ष गुरु लामा घ्याछो रिम्पोछे मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त भएका छन । यस संस्थामा जोडिएसँगै रिम्पोछे २२ देशको सल्लाहकार सदस्यमा समेत नियुक्त भएका छन । भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यलय रहेको अन्तर्राष्ट्रिय समरसता मञ्चले नेपालका तर्फबाट रिम्पोछेलाई सल्लाहकारमा नियुक्ति गरेको हो ।

अन्तर्राष्ट्रिय समरसता मञ्चले आउँदो डिसेम्बर २८ देखि ३१ सम्म काठमाडौंमा हुने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं ‘जी २२ समरसता अवार्ड’ कार्यक्रम भव्य रुपमा गर्ने भएको छ । अन्तर्राष्ट्रिय समरसता मञ्चमा नेपाल, भारत, भुटान, अफगानिस्तान, अल्जेरिया, एंगोला, अष्ट्रिया, कोरिया, फिन्ल्यान्ड, फिनिस, जर्मन,इराक, इजरायल,मैकडोनिया,मोरस्को,नेदरल्यान्ड,नाइजेरिया, नार्वेजियन,रोमानिया, रायल, डेनिश, तुनिसिया देशका विशिष्ट व्यक्तिहरु सम्मिलित रहेका छन् र यस सम्मेलनमा यी देशका विशिष्टि व्यक्तिहरुको उपस्थीति रहने गुरु लामा घ्याछो रिम्पोछेले बताएका छन् ।

Esewa
Crest

सिद्धार्थ भगवान बुद्धले दिएको विश्व सर्व धर्म सदभाव काययम गरि विश्वलाई हिंसाबाट अहिंसाको मार्गदर्शनको लक्ष्य चाहना अनुरुप उनी बुद्धिष्ट वल्र्ड पिस फाउन्डेसनमा जोडिएका हुन् । हाल उनी विश्व हिन्दु राष्ट्रिय महासंघको प्रमुख सल्लाहकार तथा अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य,भिजन न्युज नेपाल अनलाइन पत्रिकाको प्रमुख सल्लाहकार अन्तर्राष्ट्रिय ओमकार समन्वय समितिको संयोजक, बुद्धिष्ट वल्र्र्ड पिस फाउन्डेसनको अध्यक्षको रुपमा कार्यरत उनलाई भरखरै मात्र अन्तर्राष्ट्रिय समरसता मञ्चले २२ वटा राष्ट्रको सल्लाहकारमा नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय समरसता मञ्चले आयोजना गर्ने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं समरसता अवार्ड कार्यक्रमको मूख्य जिम्मेबारी दिएको छ ।

विश्वमा रहेका विभिन्न धर्महरुलाई समान रुपमा हेरेर नेपाललाई विश्वभर चिनाउने लक्ष्य बोकेर हिँडेका रिम्पोच्छे अध्यक्ष रहेको बुद्धिष्ट वल्र्ड पिस फाउन्डेसनले विश्व धर्म माहाअभियान र विश्व वातावरण माहाअभियान सञ्चालन गरेको छ । विश्वमा रहेको ओमकार, हिन्दु, बौद्धलगायतका सम्पूर्ण धर्मलाई जोडेर यो अभियान चलाइएको उनी बताउछन् । देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुको एक छाक खान पाउने अधिकारलाई सुनिश्चित गर्दै गरिब, दुखी, असाहृय बालबालिकाहरुको हितमा यो संस्थाले काम गर्ने गरेको छ ।

शिक्षा स्वास्थ्यबाट पछाडि परेका बालबालिकाहरुको अधिकारको लागि संस्कारसहितको शिक्षा दिने काम गर्दै आइरहेको छ । यस संस्थाले ललितपुर इमाडोल लक्ष्मीस्थानमा रहेको चिल्ड्रेन गार्डेन स्कुलमा २५ जना बालबालिकालाई निशुल्क शिक्षा दिइरहेको छ । खान नपाएका व्यक्तिहरुलाई विभिन्न मन्दिरमा खानाको व्यवस्था गर्ने गरेको छ । यस संस्थाले भगवान गौतम बुद्धले देखाएको सत मार्गमा हिँडेर विश्वभर शान्ति फैलाउने गरेको छ । बुद्धको मार्गअनुसार जनचेतना फैलाएर सबैलाई धर्मको महत्त्व बुझाउने काम यस संस्थाले गर्दै आएको छ ।

समान शिक्षा लिने अधिकार भएर पनि आर्थिक अभावका कारण बिचैमा पढाइ छोडेका बालबालिकाहरुको लागि रोजगारीसहितको शिक्षा प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । बुद्धिष्ट फाउन्डेसनले विश्वविद्यालय खोलेर गौतम बुद्धको शिक्षालाई विश्वभर चिनाउने यो संस्थाको एक मात्र उदेश्य रहेको छ । पशुपंक्षी जीवजनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै प्रकृतिको संरक्षण गर्न काम यस संस्थाले गरेको छ ।

नेपाललाई विश्वभर चिनाउनको लागि नेपालमा रहेका कला,सभ्यता,संस्कार, मठ–मन्दिरलगायत विभिन्न विश्व संम्पदा सूचीमा परेका हाम्रा सम्पत्तिलाई संरक्षण गर्ने गरेको छ । हामीले एउटा बिरुवा काट्दा अर्को ५वटा बिरुवा रोपेर प्रकृतिको संरक्षण गर्ने काममा पनि बुद्धिष्ट वल्र्ड पिस फाउन्डेसन जुटेको छ । हिमाल रहे पहाड रहन्छ पहाड रहे मात्र तराई रहन्छ त्यसैले वातावरण जोगाउन वृक्षारोपण गर्नुपर्छ । शान्ति र अहिंसाको बाटो अपनाएर पनि मानिसहरुले युद्ध जित्न सक्छन्भनेर बुझाउने अनि विश्वभर बौद्ध धर्मको प्रचार–प्रसार गर्ने अभियान अबकोयोजनामा रहेको छ ।

मानिसको जीवनमा आइपर्ने समस्याहरुसँग कसरी लड्ने, योग–ध्यान गर्दा हामीलाई के के फाइदा हुन्छ, अहिंसा गर्न हुँदैन भन्ने जस्ता सबै कुराको बारेमा जानकारी यस संस्थाले दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS