IME Life New

गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्।

नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिएका हुन्। ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरुले बैंक र बीमाबीचको फरक नागरिकलाई बुझाउनुपर्छ’, उनले भने, ‘कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ।’

Esewa
Crest

सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारबाही गरिने चेतावनी पनि अध्यक्ष सिलवालले दिए। ‘बीमकहरुले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरुको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ’, उनले भने, ‘बीमकका कर्मचारीहरुले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेख ल्याउन माग गर्नुपर्छ।’

अध्यक्ष सिलवालले बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरुको हितविपरीत कार्य भएमा त्यसका बारेमा गोप्य रुपमा जानकारी दिन सुझाव दिए।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रुपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिएका थिए।

कार्यक्रममा सहभागीहरुले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पहल गर्न, सञ्चालक र व्यवस्थापकको मात्र नभई कर्मचारीहरुको समेत वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरेका थिए।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख, बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS