IME Life New

‘गिरिबन्धु, कम्बोडिया, स्विस बैंक र शेरा दरबार सबैको छानबिन गरौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पाल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै नेता पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरुको छानबिनका लागि समिति गठनको माग गरेका हुन्। आफूमाथि दर्जनौँ अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसंग चर्चामा ल्याइएको उनको भनाइ थियो।

Esewa
Crest

पुनले शुक्रबार संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए। ‘माओवादी नेता पनि कतै जोडिएका छन् कि, तर्साउन पो सकिन्छ कि भनेर ओलीजीले शेरा दरबारको कुरा गरिरहनुभएको छ। हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौं। हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ। उहाँले पत्रकार सम्मेलनमै भनिसक्नुभएको छ शेरा दरबारबारे छानबिन गरियोस् भन्ने माग संसदमा राख्छु’, पुनले भने, ‘केपी ओलीजीलाई मेरो र हाम्रो पार्टीको प्रश्न चुनौती छ, तपाइँ आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ ? कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्विस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाइँको नाम मुछियो। तपाइँ लोकतान्त्रिक देशको प्रधानमन्त्री हो। के भन्न सक्नुहुन्छ मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ? हामी तयार छौँ।’
पुनले विगतमा पनि नेताहरुमाथि छानबिन गर्नुपर्दा उच्चस्तरीय न्यायिक आयोग र संसदीय छानबिन समिति बन्ने गरेको स्मरण गरे। प्रचण्डले यसअघि प्रधानमन्त्री रहेकै बेला प्रहरी प्रमुखसहित छानबिन गर्ने निकायलाई आफ्नो पार्टीका नेता, कार्यकर्ता, परिवारका सदस्या वा आफू स्वयंबाट राज्य दोहन र भ्रष्टाचारजन्य क्रियाकपाल भएको भए छानबिन गर्न अपिल गरेको बताए। तर, प्रधानमन्त्री ओलीले राज्य शक्तिको आडमा आफू, आफ्ना पार्टीका व्यक्तिहरु र सत्तारुढ काँग्रेस नेता मुछिएका भ्रष्टाचार, तस्करी र राज्य दोहनका प्रकरणको छानबिन फितला बनाएको तथा छानबिन नै गर्नुपरे पनि पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी उनले गरे।

‘कमरेड प्रचण्डले हाम्रा नेता, कार्यकर्ता, समर्थक वा यतिसम्म कि मेरो परिवार र मसम्म पनि कुनै अनियमितता, तस्करी, भ्रष्टाचारजन्य क्रियाकलाप वा राज्य दोहनमा मुछिएको पाइए छानबिन गर्नुस् भन्नुभएको थियो’, पुनले भने, ‘ओलीजीको पार्टीका मन्त्रीले युवालाई जापन लगेर मानव तस्करीको प्रयास गर्नुभयो। उहाँलाई कारबाही भएन। तर त्यसमा फसाइएका युवा अहिले मानव तीकरीको मुद्धा खेपिरहेका छन्। सहकारी ठगीमा संलग्न लेखा समिति सभापतिकी श्रीमतीलाई लुकाइन्छ, अदालतमा उसै दिन हाजिर गराइन्छ, उसै दिन जमानतमा छाडिन्छ। तर, प्रतिपक्षमा नेताहरुमाथि उस्तै मुद्धामा बदला लिन खोजिन्छ।’

राज्यका निकायको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोज्ने तथा न्यायिक र अभियोजनको प्रक्रिया हातमा लिने प्रयास लोकतन्त्र नभई स्वेच्छदारी र तानाशाही प्रवृत्ति भएको आरोप पुनले लगाए। उनले वर्तमान ओली नेतृत्वको सरकारको आयु लामो नभएको र आफैं कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै सत्तापक्षकालाई बचाउने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम नगर्न प्रहरीसहित राज्यका निकायलाई आग्रह गरे।

पुनले मुलुकमा बिचौलिया र स्वार्थ समूहले राज्य दोहनका ठूल्ठूला सेटिङ गरिरहेको पनि आरोप लगाए। पहिला कार्यलय प्रमुख, सचिव र मन्त्री हेरफेर गर्ने गरेको स्वार्थ समूहले प्रधानमन्त्री फेर्न थालेको भन्दै दलाल पुँजीवाद मुलुकको भविष्यका लागि चुनौतीका रुपमा अगाडि आएको टिप्पणी पुनले गरे। सरकार बनाएको स्वार्थ समूहलेले पछिल्लोपटक हदबन्दीभन्दा बढीको जमिन बेच्न पाउने र ठूला ठेक्कामा चलखेल गर्ने गरी कानूनमै फेरबदल गरेको उनले बताए।

भ्रष्टाचार, बिचोपिलयापन, तस्करी र राज्य दोहनमाथि प्रहार गर्दा बिच्किएका मुठ्ठीभर मानिसहरुले प्रचण्ड नेतृत्वको सरकार ढालेको पुनले दोहोर्याए। तर, जस्तोसुकै जोखिम मोलेर भए पनि माओवादी नेतृत्वमा सुुरु भएको सुशासन अभियान नरोक्ने पुनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS